राजनीति

भोट नआएपछि हिमेश पन्तले भनेः गाउँका जनता रक्सी र मासुमा बिके

Banner

धादिङ,मंसिर ७-

राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट धादिङ १ बाट उम्मेदवार तथा कमेडियन हिमेश पन्तले आफ्नो क्षेत्रका मतदाता रक्सी र मासुमा बिकेको आरोप लगाएका छन्। उनले बजारक्षेत्रको जनताको चेतनामा सुधार आएपछि ग्रामिण भेगका जनता रक्सी र मासुमा विकेको टिप्पणी गरेका हुन्।

‘करोडौं करोड खर्च गरेर चुनाव लड्नेहरूसककग २/४ लाख खर्च गरेर चुनाव लड्नु कुनै जोक हैन। धादिङ क्षेत्र नं १ मा ५ वटा गाउँपालिका र १ वटा नगरपालिका छ, उनले फेसबुकमा लेखेका छन्, ‘हाइवे लाइन र नगरपालिकामा बुझ्ने मान्छे भए पनि पहाड, गाउ र लेकका मान्छेहरूको चेतना स्तरमा अझै सुधार आएको छैन। हामी प्रचाररप्रसारमा हिँड्दै गर्दा ‘जस्ले दिन्छ नोट, उसैलाई भोट।’ भनेको पनि धेरै नै सुन्न पाइयो।’

उनले आफूहरु प्रचारमा हिँडेको बेलामा भोट चाहिए रक्सी खुवाउनुस् सम्म भनेको दाबी गरेका छन्। धादिङ कुनै पनि हालतमा काठमाडौं जस्तो नभएकोे उल्लेख गर्दै निर्वाचन आयोगले दिएको १२/१३ दिनको प्रचाररप्रसारमा ५३ वटै वडामा पुग्नु असम्भव भएको उल्लेख गरेका छन्।

‘म यत्ति भन्न सक्छु हामीले ल्याउँदै गरेको भोट स् मासुभातको बदलामा आएको भोट हैन, पैसाले किनेको भोट हैन र कुनै डररधम्कीबाट आएको भोट हैन’ उनले भनेका छन्, ‘विनारसंगठन, विना गठबन्धन, विना पैसा, विना अनुभव ‘मुख्यमन्त्री राजेन्द्र पाण्डेससँग भिड्ने दम कुनै युवामा थियो ?’ उनले अहिलेको निर्वाचनबाट एउटा सुरुवात भएको जिकिर गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>