राजनीति
सुजाता कोइराला २ सय मतले पछाडि,एमालेका पोखरेलको अग्रता
०

विराटनगर,मंसिर ७-
पूर्वपरराष्ट्र मन्त्री तथा नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला मोरङ क्षेत्र नम्बर २ बाट २ सय मतले पछाडि परेकी छिन्। उनलाई नेकपा एमालेका ऋषिकेश पोखरेलले उछिनेका हुन्। प्राप्त मतगणना अनुसार ऋषिकेशको पक्षमा हाल ८७३९ मत खसेको छ भने सुजाताले उनलाई पछ्याउँदै ८५३९ मत ल्याएकी छिन्।
मोरङ- २ मा कुल मतदाता संख्या १ लाख १० हजार भएकोमध्ये ८० हजार १ सय १७ मत खसेको थियो। यो चुनाव क्षेत्रमा यसअघि मिनेन्द्र रिजाल विजयी भएका थिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























