राजनीति

जुम्लामा ज्ञानेन्द्र शाही चार हजार मतले अगाडि

Banner

जुम्ला,मंसिर ६-

जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) ले अग्रता कायमै राखेका छन्। १४ हजार ८ सय ३ मत गणना गर्दा उनले ७ हजार ९ सय ५९ मत पाएका छन्। यस्तै, गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रकी गोमा कुँवरले ३ हजार ५ सय ८३ मत प्राप्त गरेकी छिन् भने एमालेका रतननाथ योगीले एक हजार ८ सय २ मत पाएका छन्।

नेमकिपाका डिल्लीप्रसाद काफ्लेले ४ सय ४८ र माओवादीका बागी डाक्टर कलबहादुर रोकायाले १ सय ६८ मत प्राप्त गरेका छन्। यद्यपि, रोकायाले आफ्नो उम्मेदवारी निष्क्रिय बनाएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>