राजनीति
बागलुङ १ मा पछि परे चित्रबहादुर केसी, एमालेका सूर्य पाठकको अग्रता
०

बागलुङ,मंसिर ६-
बागलुङ निर्वाचन क्षेत्र नं १ मा नेकपा एमालेका उम्मेदवार डा सूर्य पाठकले अग्रता लिनुभएको छ । हिजोदेखि सुरु मतगणनामा आज राति ९ बजेसम्मको गणनाअनुसार एमालेका पाठकले छ हजार पाँच सय ७७ मत प्राप्त गर्दै अग्रस्थानमा हुनुहुन्छ ।
उहाँलाई राष्ट्रिय जनमोर्चाका अध्यक्षसमेत रहनुभएका गठबन्धका उममेदवार चित्रबहादुर केसीले छ हजार पाँच सय २० मतसहित पछ्याउनुभएको छ ।राष्ट्रिय स्वतन्त्र पार्टीका खीमानन्द कँडेलले दुई हजार तीन हजार ७९ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत डा दिवाकर भट्टले जानकारी दिनुभयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























