राजनीति

प्रतिनिधिको प्रत्यक्ष मतपत्र दिने ठाउँमा प्रदेशको प्रत्यक्ष मतपत्र दिएपछि स्थगित भएको मतदान पुनः सुरु

Banner

गुल्मी, मंसिर ६-

गुल्मी जिल्लाको क्षेत्र नम्बर-१ अन्तर्गत कालीगण्डकी गाउँपालिका वडानम्बर(२ अर्बेनीमा रहेको भगवती माध्यमिक विद्यालयको (क) र (ख) केन्द्रमा पुनः मतदान भएको छ । दिउँसो सवा १२ बजेसम्म ६६३ मत खसेको मतदान अधिकृत नवराज भण्डारीले बताए ।

त्यस मतदान केन्द्रमा रहेका १ हजार ३६९ जना मतदाता रहेका छन् । मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको मतपत्र दिने ठाउँमा प्रदेश सभाको प्रत्यक्ष तर्फको मतपत्र परेपछि निर्वाचन प्रक्रिया स्थगित गरिएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>