निर्वाचन

समानुपातिकमा एमालेको ७० हजार र कांग्रेसको ६० हजार मत नाघ्यो

Banner

काठमाणडौ मंसिर ६-

समानुपातिकतर्फ प्रतिनिधि सभामा नेकपा एमालेले अग्रता कायमै राखेको छ । पछिल्लो मतगणनाबाट प्राप्त नतिजा अनुसार समानुपातिकतर्फ नेकपा एमालेले ७० हजार मत कटाएको छ । अहिलेसम्म समानुपातिक प्रतिनिधि सभातर्फ एमालेले ७२ हजार ४०७ मत प्राप्त गरेको छ ।

नेपाली कांग्रेस दोस्रो स्थानमा छ। कांग्रेसले ६२ हजार ६५७ मत ल्याएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा छ । स्वतन्त्र पार्टीले प्रतिनिधि सभा समानुपातिकतर्फ ३१ हजार ३६० मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

त्यस्तै, माओवादी केन्द्रले २८ हजार ४८९ मत प्राप्त गरेको छ । माओवादी केन्द्र चौथो स्थानमा छ ।

पाँचौँ स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टी रहेको छ ।

राप्रपाको प्रतिनिधि सभा समानुपातिक तर्फ १८ हजार ६१४, जनमत पार्टीको ५ हजार ४२५, जनता समाजवादी पार्टी, नेपालको ५ हजार ४१९, नेपाल मजदुर किसान पार्टीको ४ हजार ४३१, नागरिक उन्मुक्ति पार्टीको ३ हजार ४४२, नेकपा (एकीकृत समाजवादी) ३ हजार १७५, र अन्य दलहरुको प्राप्त मत १४ हजार ५ रहेको निर्वाचन आयोगले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>