राजनीति

रूपन्देही–२ मा विष्णु पौडेलले स्वतन्त्र पार्टीका उमेदवारसँग घटाए मतान्तर

Banner

बुटवल, मंसिर ६–
प्रतिनिधि सभातर्फ रूपन्देही क्षेत्र नम्बर २ मा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलसँगको मतान्तर घटाएका छन्। निरन्तर अग्रता लिएका राष्ट्रिय स्वतन्त्र पार्टीका पौडेलले २५४४ मत ल्याएका छन् भने एमाले उपाध्यक्ष पौडेलले २३४४ मत प्राप्त गरेका छन्।

यसअघि मंगलबार बिहान ८ बजेको मतगणना अनुसार एमाले उपाध्यक्ष पौडेल राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पौडेलभन्दा ३०० मतले पछाडि थिए। पछिल्लो मतपरिणाम अनुसार मतान्तर १ सयले घटेर २ सयमा सीमित भएको निर्वाचन कार्यालयले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>