राजनीति

समानुपातिक मतमा एमाले पहिलो, कांग्रेस दोस्रो र स्वतन्त्र पार्टी तेस्रोमा

Banner

काठमाडौँ, मंसिर ६–
मंसिर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनको मतगणना जारी छ। प्रत्यक्षतर्फ विभिन्न चार वटा क्षेत्रका मतपरिणाम सार्वजनिक भएको छ भने समानुपातिकतर्फ पनि मतगणना अपडेट भइरहेको छ।

निर्वाचन आयोगको तथ्यांकअनुसार अहिलेसम्म गणना भएको मतमा नेकपा एमाले अगाडि छ। एमालेले ४५ हजार ८ सय २९ मत कटाएको छ। अर्थात् एमाले २९.९ मतका साथ अघिल्लो स्थानमा छ। त्यस्तै दोस्रोमा नेपाली कांग्रेस छ। कांग्रेसको मत ४० हजार ४ सय ४० छ। जुन २६.३ प्रतिशत हुन आउँछ।

समानुपातिक तर्फ तेश्रो स्थानमा भने रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी छ। स्वतन्त्र पार्टीले १८ हजार ७ सय ४९ मत प्राप्त गरेको छ। जुन १२.२ प्रतिशत हुन आउँछ।

स्वतन्त्र पार्टीले प्राप्त गरेको मत कांग्रेस र एमालेको मतको आधा भन्दा कम छ। अर्कोतर्फ स्वतन्त्र पार्टीलाई नेकपा माओवादी केन्द्रले पछ्याइरहेको छ। माओवादी केन्द्रले १७ हजार ६ सय ४५ मत प्राप्त गरेको छ। माओवादीले स्वतन्त्र पार्टीसँगको अन्तर घटाइरहेको देखिन्छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>