राजनीति

जुम्लामा ज्ञानेन्द्र शाही तेब्बर मतले अगाडि

Banner

जुम्ला,मंसिर ५-

जुम्लामा मतगणना सुरु भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ज्ञानेन्द्र शाहीले सुरुमै फराकिलो अग्रता कायम गरेका छन् । अहिलेसम्म ४०० मतको गणना सकिँदा शाहीले २५४ मत ल्याएका छन् । दोस्रो स्थानमा सत्ता गठवन्धनको समर्थन प्राप्त माओवादी उम्मेदवार गोमा गौतम कुँवर छिन् । उनको ८५ भोट आएको छ । एमाले उम्मेदवार रतननाथ योगी तेस्रो स्थानमा छन् ।

जुम्लामा एउटा मात्रै निर्वाचन क्षेत्र रहेको छ । अघिल्लोपटकको चुनावमा यहाँ एमाले समर्थित माओवादी उम्मेदवार विजयी भएका थिए । अहिले कांग्रेस–माओवादी गठवन्धनलाई राप्रपाका शाहीले पछि पार्ने संकेत देखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>