राजनीति

तनहुँ- २ मा कांग्रेसका शङ्कर भण्डारीको अग्रता एमाले पछ्याउँदै

Banner

दमौली,मंसिर ५-

तनहुँ–२ मा नेपाली काङ्ग्रेसले अग्रता लिएको छ । प्रारिम्भक मतगणनामा काङ्ग्रेसका शङ्कर भण्डारीले अग्रता लिनुभएको छ ।

हालसम्म एक हजार ६३७ मत गणना भएको छ । पाँच दलीय गठबन्धनका साझा उम्मेदवार भण्डारीले सात सय ६३ मत पाउनुभएको छ । नेकपा एमालेका किरण गुरुङले चार सय २६, राष्ट्रिय स्वतन्त्र पार्टीका विजय जोशीले २३८ मत प्राप्त गर्नुभएको छ । यो क्षेत्रमा १ लाख २५ हजार ५ मतदाता रहेकोमा ६८ हजार २७१ मत खसेको छ । जम्मा १० जना प्रतिनिधि सभाका उम्मेदवार छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>