राजनीति

झापा २ मा एमालेका देवराज घिमिरेको दोब्बर अग्रता, माओवादी र स्वतन्त्रबीच दोस्रोमा प्रतिस्पर्धा

Banner

काठमाडौँ, मंसिर ५-

झापा निर्वाचन क्षेत्र नम्बर २ मा एमाले उम्मेदवार देवराज घिमिरले करिब दोब्बर मतको अग्रता बनाएका छन्। ३८ सय ७७ मत गनिसक्दा झापा २ मा एमाले उम्मेदवार घिमिरेले १४ सय ३२ मत ल्याएका छन्।

उनलाई नेकपा माओवादी केन्द्रका हरि राना र स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपालले पछ्याउँदैछन्। उनीहरुबीच अहिले दोस्रो स्थानका लागि टक्कर चलिरहेको छ। यहाँ रानाले ८३९ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार नेपालले ८०३ मत ल्याउन सफल भएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>