चितवन विशेष

चितवनमा चार महिलासहित ९९ जना कैदीबन्दीले गरे मतदान

Banner

चितवन,मंसिर ४-

चितवनमा चार महिला सहित ९९ जना कैदीबन्दीेले मतदान गरेका छन् । जिल्ला कारागार भरतपुरका १ सय १ जना कैदीबन्दीको मतदाता नामावलीमा नाम रहेकोमा ९९ जनाले मात्र मतदान गरेका हुन् । दुई जना थुनामुक्त भएर घर गएका कारण मतदानमा सहभागि भएनन् । बिहान ७ बजेदेखि सुरु भएको मतदान ९ः३० बजे सकिएको थियो । मत पेटिका पाँच बजेपछि बुझाइएको सहायक मतदान अधिकृत चेतनाथ ढुङगानाले जानकारी दिनुभयो । कारागारमा ७ सय ९१ जना कैदीबन्दी रहेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>