Breaking News

प्रचण्ड पत्नी सीता काठमाण्डौँमा उपचारत,चितवनमा अर्कैले हालिदियो भोट

Banner

चितवन,मंसिर ४-

नेकपा माओवादी(केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको अनुपस्थितिमा पनि उनको नामका मतदान भएको छ । आज बिहान साढे सात बजेको समयमा भरतपुर महानगरपालिका १४ स्थित नेपाल पुलिस स्कुल शान्तिपुरमा पुगेर छोरी गंगा दाहालले आमाको नामको मतदान गरेको स्थानीयले आरोप लगाएका छन् ।

चितवन क्षेत्र नम्वर ३ का सहायक निर्वाचन अधिकृत पुरुषोत्तम पौडेलले सीता दाहालको नामको मतदान भएको जानकारी प्राप्त गरेको नारायणी अनलाइनलाई बताए । उनले कसले मतदान गरेको हो भन्नेबारे मतदान केन्द्रलाई नै थाहा हुने बताए । उनले उजुरी परेपछि छानबिन प्रकृया अघि बढाइने बताए । सीता दाहाल काठमाण्डौँको एक अस्तालमा उपचारत रहेकी छन् । सीता दाहालको मतदाता नम्बर १४३३९२८३ हो । तर, छोरी गंगा दाहालको सो केन्द्रमा नाम समेत छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>