नवलपरासी

नवलपुरमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा निष्कृय

Banner

नवलपरासी, मंसिर ४- 

निर्वाचनको पूर्वसन्ध्यामा पूर्वी नवलपरासीको कावासोती नगरपालिका ३ को नव निर्मित वडा कार्यालयनजिकै भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले निष्कृय पारेको छ। वडा नं. ३ को वडा कार्यालयको नवनिर्मित भवन नजिकै चौतारामा कुकरमा तार बेरेर खतरा लेखिएको अवस्थामा उक्त शंकास्पद वस्तु भेटिएको थियो।

राति करिब ११ बजे नेपाली सेनाको टोलीले निष्कृय पारेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी जानकारी दिनुभयो । पाठकका अनुसार उक्त शंकास्पद वस्तु बम नभई अर्धबम (हुक्स) अर्थात क्षतविक्षत नगर्ने तर ठूलो आवाज दिने वस्तु रहेको हो। निष्कृय पार्ने क्रममा स्थानीयले ठूलो आवाजका साथ पड्किएको बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>