Breaking News

गठबन्धनले बहुमत ल्याउँछ, प्रधानमन्त्रीकै कारण गठबन्धन टुट्दैनः प्रचण्ड

Banner

चितवन,मंसिर ४-

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्ता गठबन्धनले बहुमत ल्याउने दाबी गरेका छन् । चितवनको भरतपुर १४ स्थित राष्ट्रिय आधारभूत माविको मतदान केन्द्रमा मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै दाहाले गठबन्धनले बहुमत ल्याउने र बहुमतको सरकार बनाउने दाबी गरेका हुन्।

पत्रकारको प्रश्नमा उनले अहिले प्रधानमन्त्रीको टुंगो लागिनसकेको बताए। प्रधानमन्त्री पद समस्याको विषय नभएको र छलफल गरेर टुंगो उनले बताए। ‘प्रधानमन्त्रीकै कारण गठबन्धन टुट्दैन ’, उनले भने। उनले निर्वाचन स्वच्छ र धाँधलीरहित हुने भन्दै सबै मतदातालाई मतदानमा भाग लिन आग्रह गरे।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>