चितवन विशेष

रवि लामिछानेले चितवनमा मतदान गर्न नपाउने

Banner

चितवन, मंसिर ३–

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवनमा मतदान गर्न नपाउने भएका छन् ।

लामिछाने चितवन क्षेत्र नं.२ का उम्मेदवार हुन् । यहाँ मतदाता नामावलीमा नाम नभएपछि उनी आफैलाई भोट हाल्न पाउने छैनन् ।

लामिछानेले आफ्नो मतदान काठमाडौंमा गर्नेछन् । काठमाडौं क्षेत्र नं.३ का मतदाता हुन् । उनले महांकाल पानीटंकी स्थल विहान ७ बजे नै मतदान गर्ने तयारी भइरहेको छ । त्यसका लागि लामिछाने काठमाडौं पुगि सकेका छन् ।

चितवन क्षेत्र नं.२ मा लामिछाने नेकपा (एमाले)का कृष्णभक्त पोखरेल र गठबन्धनबाट नेपाली कांग्रेसका उमेश श्रेष्ठसंग प्रतिस्पर्धामा छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>