Breaking News
भरतपुर ७ को मतदान स्थलमा पत्रकारलाई प्रवेश निषेध, मुख्य निर्वाचन अधिकृत भन्छन्ः पत्रकारलाई रोक्न पाइदैन

चितवन, मंसिर ३–
चितवन क्षेत्र नं.२ अन्तरगत पर्ने भरतपुर–७ को एक मतदानस्थलमा पत्रकारलाई प्रवेश निषेध गरिएको छ । कृष्णपुर मतदानस्थलमा पत्रकारलाई प्रवेश निषेध गर्ने सर्वदलीय निर्णयपछि यसको विरोध समेत सुरु भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले कुनै पनि मतदानस्थलमा पत्रकारलाई प्रवेश निषेध गर्न नपाइने भनेको छ । आज साँझ एक सूचना जारी गर्दै कार्यालयले पत्रकारलाई प्रवेश निषेध गर्नु अवैधानिक हुने भन्दै त्यस्तो नगर्न आग्रह गरेको छ । सूचनामा भनिएको छ–‘कुनै मतदान क्षेत्रमा भोली पत्रकारलाई प्रवेश निषेध गर्ने गरी सर्वदलीय निर्णय भएको गुनासो आयो, पत्रकार र पर्यवेक्षकलाई हाम्रो काममा वाधा नहुने गरी परिचयपत्रका आधारमा प्रवेश दिनुपर्छ निषेध गर्नु अवैधानिक हुन्छ। खास गरी शुरुमा भिड हुन्छ, एक राउण्ड फोटो खिचेपछि हलुका हुन्छ। मतदानको विवरण समय मिलाएर वाहिर सार्वजनिक गर्ने गरिएमा पत्रकारको प्रवेस पनि कम हुन्छ। धन्यवाद।’

कृष्णपुर मतदान केन्द्र जहिल्यै विवादित बन्दै आइरहेको छ । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि सो मतदानस्थलमा पत्रकारलाई प्रवेशमा कडाई गरिएको थियो । समाचार संकलन गर्न पुगेका पत्रकारहरुलाई रोक लगाइएपछि केहीबेर पत्रकार र दलका प्रतिनिधिबीच धकेलाधकेल भएको थियो ।


























