Breaking News

भरतपुरको नमुना मतदानस्थलमा धमाधम काम हुँदै (फोटो फिचर)

Banner

चितवन, मंसिर ३–

चितवनको भरतपुर माविको मतदानस्थललाई नमुना मतदान स्थल बनाइएको छ ।

यस मतदानस्थलमा सबै महिला मात्रै कर्मचारी राखिएको छ । अहिले यस मतदान स्थलमा धमाधम निर्वाचनको तयारी भइरहेको छ । यस केन्द्रको आज सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले निरीक्षण समेत गरेका छन् । सो क्रममा उनले राम्रोसंग काम गर्न आग्रह गर्दै महिला कर्मचारीहरुलाई हौसला बढाएका थिए ।

यस मतदानस्थलमा ४ वटा मतदान केन्द्र तोकिएको छ । जसमा कुल ३२ जना कर्मचारीहरु छन् । यस मतदानस्थलमा सुरक्षाका लागि पनि सबै महिला सुरक्षाकर्मीहरु राखिएको छ । चितवनमा कुल १६२ मतदान स्थलन रहेका छन् ।

त्यसभित्र ४६० मतदान केन्द्र रहेको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए । उनले सबै मतदानस्थलमा धमाधम काम भइरहेको जानकारी दिए ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>