Breaking News

तपाईको काम विश्वास गर्ने हो, मेरो काम विकास गर्ने होः उमेश श्रेष्ठ

Banner

चितवन, मंसिर १–

यही मंसिर ४ गते हुने संघीय तथा प्रादेशिक निर्वाचनको लागि उमेद्वारको प्रचार–प्रसारको काम अन्तिम चरणमा पुगेको छ । उम्मेदवारहरु चुनाबी अभियानको आज अन्तिम दिन घरदैलो गर्ने र मतदाता रिझाउने अन्तिम कसरतमा छन् ।

चितवनको सबैभन्दा बढी ध्यान केन्द्रित भएको चितवन क्षेत्र नम्बर २ मा चुनावी माहोल थप रोचक बन्दै गएको छ । चुनावी प्रचार अभियान अन्तिम चरणमा आउने क्रममा चितवन क्षेत्र नम्बर २ का गठबन्धनका उम्मेदवार राज्यमन्त्री उमेश श्रेष्ठले भरतपुर महानगरपालिका वडा नम्बर १० मा घरदैलो तथा विभिन्न सामाजिक संस्था तथा समुहसंग भेटघाट र अन्र्तक्रिया गरेका छन् । सो क्रममा मतदाताले श्रेष्ठलाई अग्रिम जित र शुभकामना दिएका छन् । उनीहरुले लोकतन्त्रको रक्षा र विकास गर्न उमेश श्रेष्ठको विकल्प नरहेको भन्दै जितको अग्रिम बधाई दिएका थिए ।

नेपाली कांँग्रेस क्षेत्र नम्बर २ का सदस्य रचन कार्कीले पछिल्ला दिनहरुमा उमेश श्रेष्ठ प्रति झन उत्साह र लहर थपिएको बताए । ‘अहिले झन उमेश श्रेष्ठ सरको पक्षमा मतदाता उत्साहित हुनुहुन्छ ,उनले भने, उहांँहरुले अग्रिम जितको बधाई पनि दिनुभएको छ ।’ विभिन्न आमा समूह, सामाजिक संस्था, टोलका अन्य संस्थाहरुले पनि कार्यक्रम राखेरनै स्वागत तथा शुभकामना दिएको कार्कीले बताए ।

प्रचारप्रसार अभियानका क्रममा बोल्दै श्रेष्ठले मतदाताले दिएको विश्वासलाई आफूले कहिल्यैपनि डगमगाउउन नदिने बताए । ‘जनताले अहिले उन्नति प्रगति समृद्धि चाहनु भएको छ । विश्वास जनताले गर्ने हो विकास मैले गर्ने हो ।’ श्रेष्ठले भने ।

मतदाता र जनताले आफूलाई निकै ठुलो आशा र भरोसा गरेकोले यो निर्वाचन आफ्नो परीक्षाको घडी समेत भएको श्रेष्ठले बताए । लोकतन्त्रको रक्षा र देशको समृद्धिको लागि सानातिना समस्याले आफूलाई फरक नपार्ने श्रेष्ठको भनाई थियो ।

प्रदेश २ (ख) का उम्मेद्वार उत्तम जोशीले चितवनका हरेक समस्यासंँग आफू भिज्दै आएको भन्दै मतदाताले गरेको माया र सद्भावलाई कहिल्यै खल्बलाउन नदिने बताए । हिजोका दिनमा पनि भ्रष्टाचार, वेथिति ,अनियमितताको विरुद्ध लड्दै आएकोले अब आफू निर्वाचित भएमा भ्रष्टाचार न्यूनिकरण र युवा रोजगारी पहिलो प्राथमिकता हुने जोशीको भनाई थियो ।

गठबन्धनका प्रदेश २ (क) का उम्मेद्वार घनश्याम दाहालले यसअघि आफूले प्रदेश मन्त्री भएर चितवनमा काम गरेर देखाईसकेकोले जनताको विश्वास जित्न सफल भएको बताए । यसपटक पनि जनताले आशा र भरोसा गरेको भन्दै उनले चितवनमा भएका विकास निर्माणका अधुरा काम गर्न पनि जनताले मत दिएर जिताउने विश्वास व्यक्त गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>