Breaking News

प्रचण्डलाई एमालेमा गम लगाएर टाँसेको थिएँ, पक्लक्क उप्किएः केपी ओली

Banner

झापा, मंसिर १-

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै कारण बामपन्थी शक्ति कमजोर बनेको आरोप लगाउनु भएको छ ।

बिहीबार झापा क्षेत्र नम्बर १ को चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले बामपन्थी शक्तिलाई बलियो बनाउन आफूले प्रचण्डसँग सहकार्य गरे पनि उनले धोका दिएको आरोप लगाउनु भएको हो ।

‘माओवादीलाई जोरजाम गरेर एमालेमा गम लगाएर टाँसेको थिएँ । प्रचण्ड पक्लक्क उक्किए । प्रचण्ड उक्किए पनि थुप्रै माओवादी साथीहरू एमालेमै रहे । उनीहरूलाई म धन्यवाद भन्न चाहान्छु,’ ओलीले भन्नुभयो ।

एमाले राष्ट्रियतावादी पार्टी भएकाले कमजोर बनाउन अनेक षड्यन्त्र भइरहेको ओलीको भनाइ छ । यसपटकको निर्वाचनमा राष्ट्रिय हितविपरीतका शक्तिलाई पराजित गर्नुपर्ने ओलीले बताउनुभयो । ‘मुलुकको विकास र समृद्धिका लागि एमाले सरकारमा आउनुपर्छ । एमालेलाई सरकारमा आउन नदिन र कमजोर बनाउन अनेक षड्यन्त्र भएका छन्,’ ओलीले भन्नुभयो । यसपटकको निर्वाचनको अर्थ मुलुकका हितमा काम नगर्ने शक्तिलाई पराजित गर्नुमा रहेको ओलीको भनाइ छ ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>