चितवन विशेष

डा अधिकारीलाई शिवनगरका मतदाताले भनेः समस्या धेरै छन्, जनताको सेवामा केन्द्रित हुनुपर्छ

Banner

चितवन, मंसिर १-

गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार डा भोजराज अधिकारीलाई मतदाताले जनाको सेवामा केन्द्रित हुनुपर्ने बताएका छन् ।

चुनावी घरदैलोको आज अन्तिम दिनमा प्रचार अभियानमा शिवनगर पुगेका डा अधिकारीलाई शिवनगरका मतदाताले चितवन–३ मा समस्या धेरै रहेकोले नागरिकको समस्यामा केन्द्रित हुन अनुरोध गरेका हुन् । भरतपुर–१४ शिवनगरका विष्णु न्यौपानेले जित निश्चित रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हजुरको जित निश्चित छ । तर समस्या धेरै छन्, जनताको सेवामा कन्द्रित हुनपर्छ ।’

यस्तै पकौडीका मनिष पौडेलले युवाले नेतृत्व लिनुपर्ने बताए । उनले भने, ‘अब युवा उम्मेदवारको माग भएकोले डा. भोजराजलाई जिताउन पर्छ’ । यहाँ काम गर्न धेरै बाँकी रहेकोले गठबन्धनका उम्मेदवारले कार्यान्वयन हुने योजना ल्याउने भिमसेननगरका स्थानीय दुर्गा भण्डारीले बताउनुभयो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>