चितवन विशेष

एमाले र केपी ओलीको हाराहारीमा अर्को दल र नेता छैनन्ः एकनाथ ढकाल

Banner

चितवन,कात्तिक ३०-

नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले विकास र सम्वृद्धिका हिसावले एमाले र अध्यक्ष केपी शर्मा ओली जतिको नेतृत्व नेपालमा नभएको बताएका छन् । चितवनको भरतपुरमा आज आयोजना गरिएको एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले संविधान निर्माण, त्यसको सफल कार्यान्वयन, विकास र सम्वृद्धिका योजना अगाडि सार्न एमाले सफल भएको बताए ।

अध्यक्ष ढकालले नेपालको सम्वृद्धिको यात्रालाई सार्थक बनाउन ब्यक्तिका हिसावले केपी ओली र संगठनका हिसावले एमालेबाट मात्रै सम्भव भएको दावी गरे । राष्ट्रियताका सवालमा केपी ओली जतिको अडान लिने नेता समाकालिन नेपालमा नभएको भन्दैं अध्यक्ष ढकालले एमाले देशको भरोसायुक्त पार्टी भएको बताए ।

ओली नेतृत्वको सरकारले पहिलो बर्ष संविधानको कार्यान्वयनका लागि कानुन निर्माण र विकासलाई सँगसँगै लगिरहेका बेला दोस्रो बर्ष कोरोना भाइरसको महामारी र पार्टी भित्रको अन्तद्धन्द्धले काम गर्न नदिए पनि त्यसका बावदुत ऐतिहासिक कामको थालनी गरेको बताए । विकासका ठूला आयोजनाको सुरुवात ओली सरकारकै पालामा भएको स्मरण गर्दै अध्यक्ष ढकालले भूकम्प पीडितहरुको आवास तथा ऐतिहासिक संरचनाको पुर्ननिर्माण जस्तो चुनौतीपूर्ण काम पनि ओली सरकारले गरेको बताए । जननिर्वाचित सरकारलाई अदालतको सेटिग गरेर अपदस्त गर्ने अलोकतान्त्रिक काम गरिएको भन्दैं परमादेशी सरकार बनेपछि देशको आर्थिक अवस्था चरम समस्याबाट गुज्रिन थालेको बताए ।

मंसिर ४ गतेको आम निर्वाचनमा पाँच दलीय अपवित्र गठवन्धन पराजित नभए देशको विकास र प्रगति रोकिने बताए । परिवार दलका अध्यक्ष ढकाललाई एमालेले सामानुपतिक सूचीमा राखेको छ । उनले परिवार दलको १ लाख ६५ हजार मत एमालेलाई जाने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>