चितवन विशेष

म लहर र रहरमा राजनीति गर्न आएको व्यक्ति होइनः विक्रम पाण्डे

Banner

चितवन,कात्तिक ३०-

राप्रपाका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले आफू कसैको लहर र रहरमा उम्मेदवार नबनेको बताएका छन् । भरतपुर–२६ मिलनचोकमा भएको चुनावी कोणसभालाई सम्बोधन गर्दै नेता पाण्डेले देश र जनताको विकासको लागि आफूले उम्मेदवारी दिएको बताएका हुन् । जहिलेसम्म जनताले जित्दैन, तहिलेसम्म जनताको जित नहुने पनि नेता पाण्डेले बताए ।

‘त्यसैले जनताले जित्नका लागि तपाइँहरूले विवेक प्रयोग गर्नुहोस्, कुनै पनि पार्टीको निर्देशनको पालना गरिरहनुपर्दैन,’ उनले भने । आफ्नो देश आफैँले बनाउन सकिन्छ भन्ने दृढ विश्वास भएका व्यक्तिलाई छानेर मतदान गरिदिन पनि नेता पाण्डेले आग्रह गरे । ‘म जनताको हरेक चुनौतीसँग सामना गर्न तयार छु,’ उनले भने, ‘त्यसैले पाँच वर्ष मलाई जिम्मा दिनुहोस्, काम गर्ने जिम्मा मेरो भयो ।’ नेता पाण्डेलाई मिलनचोकवासीले स्वागत गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>