Breaking News

चितवन २ का उम्मेदवार उमेश श्रेष्ठ सवार गाडीमा तोडफोड

Banner

चितवन, कात्तिक ३०–

प्रतिनिधिसभा चितवन क्षेत्र नं.२ का गठबन्धनका साझा उम्मेदवार उमेश श्रेष्ठ सवार गाडीमा तोडफोड भएको छ ।

आज विहान भरतपुर महानगरपालिका–१० पुरानो मेडिकल कलेज नजिकै आमा समूहले गरेको कार्यक्रममा सहभागि हुँदै गर्दा ३ वटा मोटरसाइकलमा आएका समूहले ढुंगा हानेर गाडीको सिसा फुटाएका छन् । बा ३ च २०५० नम्बरको हरियो रंगको गाडीमा तोडफोड हुँदा अगाडिको सिसा फुटेको छ ।

तोडफोड गर्नेको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । उम्मेदवार श्रेष्ठ आज विहानैदेखि भरतपुरका विभिन्न क्षेत्रमा घरदैलोमा व्यस्त छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>