Breaking News

भरतपुरमा उमेश श्रेष्ठको घरदैलोः मतदाताले मागे लालपूर्जा

Banner

चितवन, कात्तिक २९–

लोकतान्त्रिक बाम गठबन्धनका उम्मेद्वाहरुले आज (मंगलबार) भरतपुरका विभिन्न वडामा घरदैलो तथा कोण सभा गरेका छन् ।

गठबन्धनले भरतपुर वडा नम्बर ११, १२ तथा नारायणगढ बजार क्षेत्रमा घरदैलो गरेका थिए । भरतपुरमा गरिएको घरदैलोमा भरतपुर ११ र १२ का भूमिहिनले उमेश श्रेष्ठलाई जग्गाधनी पूर्जा दिलाईदिन माग गरे । उनीहरुले विगत २३ बर्षदेखि जग्गाधनी पुर्जा नपाएको भन्दै श्रेष्ठले जितेपछि लालपुर्जा दिलाईदिन अनुरोध गरे । घरदैलो गर्ने क्रममा भुमिहिनहरुले आफूलाई जग्गाधनी पूर्जा मिलाईदिने विश्वासिलो नेतालाई मात्र भोट दिने बताएका थिए ।

भरतपुर वडा नम्बर १२ का भुमिहिन वीर बहादुर तामाङ्गले वर्षौैदेखि अन्य नेताहरुले जितेपनि आश्वासन मात्रै दिएको भन्दै गुनासो गरे । आफूहरुले यस देशको नागरिक भएर पनि जग्गाधनी नहुुंँदा दोस्रो दर्जाको नागरिकको रुपमा बांँच्नु परेको भन्दै तामाङ्गले दुःखेसो पोखे ।
भूमिहिनका अगुवाहरुले अहिले यसपटक एकजुट भएको र आफ्नो मुख्य माग नै जग्गाधनी पूर्जा भएको बताएका थिए । अर्का भूमिहिन गोपाल विक अहिलेसम्म जग्गाधनी नहुंँदा दैनिक जीवनमानै असर परेको बताउंँछन । ‘कतै काम खोज्न जांँदा पनि सुकुम्बासी भनेर काम पाईदैन । सार्वजिनक जग्गामा नत नचुहुने घर बनाउन सक्छौं । हाम्रो बासको ग्यारेन्टी उमेश सरले गर्नुहुन्छ भन्ने आशा चैं छ ।’

श्रेष्ठ राज्यमन्त्री हुंँदा कोराना खोप ल्याएर काम गरेको भन्दै श्रेष्ठको भने प्रशंशा गरेका थिए ।

गुनासो सुनेपछि जवाफ दिदै उम्मेद्वार श्रेष्ठले आफूले चुनाव जितेमा जग्गाधनी जसरी पनि दिलाईदिने प्रतिबद्धता व्यक्त गरे । ‘म पनि गरिखाने मान्छेको अभियान्ता हुंँ । मैले पनि तपाईहरुले जस्तै दुःख संर्घष गरेर आएको व्यक्ति हो । मैले तपाईंहरुको पीडा नबुझे कस्ले बुझ्छ र ?’ श्रेष्ठले भने ।
यसका लागि भूमिहिनको भोटको आवश्यक रहेकोले जिताएर सांँसद बनाईदिन श्रेष्ठले आग्रह गरे ।

घरदैलोको क्रममा प्रदेश २ (ख)का उम्मेद्वार उत्तम जोशीले आफूलाई यस क्षेत्रको भूमिहिनको समस्या राम्रोसंँग थाहा भएको भन्दै गठबन्धनले जितेमा जग्गाधनी पुर्जा दिलाउन आफूले कुनै कसर बांँकी नराख्ने बताए ।

गठबन्धनले आज भरतपुर १२ को मालपोत चोक, मुनाल चोक लगायतका ठाउंँहरुमा कोणसभा गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>