Breaking News

नवलपरासी पुगेर प्रचण्डले भने– ‘यो चुनाव कौरव र पाण्डवको लडाईँ हो’

Banner

नवलपरासी, कात्तिक २९-

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो चुनाव महासंग्रामसँगै जनमत संग्रह पनि रहेको बताउनु भएको छ ।

नवलपरासीमा भएको सत्ता गठबन्धनको चुनावी सभालाइ सम्बोधन गर्दै उहाँले जनताको अधिकार सुनिश्चित गर्न गठबन्धन गरिएको बताउनुभयो । ‘अहिलेको महासंग्राम कौरव र पाँच पाण्डवबीचको लडाइ हो,’ उहाँले भन्नुभयो, ‘यो चुनाव चानचुने होइन यसलाई सबैले बुझ्न जरुरी छ । संविधानको रक्षा र राजनीतिक स्थिरतालाई कायम राख्न पनि गठबन्धनले जित्न आवश्यक छ ।’ प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवासँगै सहभागी हुन नवलपरासी आइपुग्नु भएको हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>