चितवन विशेष

माडी, मेघौली र गोलाघाटलाई समेटी पर्यटकको आवागमन बढाउने गरी विकास गर्छु: दिनेश कोइराला

Banner

चितवन, कात्तिक २९-

चितवन निर्वाचन क्षेत्र न. ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार दिनेश कोइरालाले चितवन–३ लाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने बताउनु भएको छ ।

चुनावी प्रचारप्रसारको क्रममा घरदैलोमा विभिन्न क्षेत्रमा पुग्नुभएको उहाँले चितवन पर्यटकीयरुपमा क्षेत्र न. ३ प्रचुर सम्भावना भएको क्षेत्र भएकोले यस क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा बिकास गर्ने योजना रहेको बताउनु भएको हो । उहाँले माडी, मेघौली, गोलाघाट क्षेत्रलाई समेटी पर्यटकिय प्रवद्र्धन गर्न सके सौराहा भन्दा यस क्षेत्रमा आन्तरिकसँगै बाह्य पर्यटकको आवागमन बढ्ने बताउनुभयो ।

उहाँले जल पर्यटनको प्रचुर सम्भावना पनि रहेको यस क्षेत्रमा पर्यटकीय प्रवद्र्धन गर्न सके यस क्षेत्रको स्थानीयको जीवनस्तर समेत सुदृढ हुँदै जाने उहाँको विश्वास छ । माडी, मेघौली क्षेत्रलाई धार्मिक र कृषि भूमिको क्षेत्रको रुपमा विकास गर्ने उहाँले बताउनु भएको छ । अहिले निकुञ्ज बरण्डाभार क्षेत्रमा बसोबास गर्नेहरुलाई समयसमयमा जनावरले दुःख दिएर यहाँको बसोबास अभिशाप लागे पनि व्यवस्थित पर्यटन प्रवद्र्धन गर्न सके वन पर्यटनको रूपमा यस क्षेत्रलाई विकास गरि बरदानको रुपमा यस क्षेत्रलाई स्थापित गर्ने उहाँको प्रतिबद्धता छ । कांग्रेसको केन्द्रीय सदस्य बनिसक्नुभएको कोइराला माछा चिन्ह लिएर चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । उहाँलाई नेकपा एमालेले सघाउने प्रतिबद्धता गरेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>