Breaking News

बजेट बिनियोजनको अधिकार छैन: सुरेन्द्र पाण्डे

Banner

चितवन, कात्तिक २९–

नेकपा एमलोका उपाध्यक्ष तथा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार सुरेन्द्र पाण्डेले विपक्षी उम्मेदवारले झुट प्रचार गरेको आरोप लगाउनु भएको छ ।

मतदातालाई प्रभावित पार्न हुदै नभएको, आफूले नगरेको कामलाई पनि आफ्नो पहलमा भएको भन्दै उनले विरोध जनाएका हुन् ।

पाण्डेले भन्नुभयो, ‘पूर्वपश्चिम राजमार्ग टिकौलीदेखि पथलैयासम्मको बाटो विश्व पौडेलले आफूले गरिरहेको भन्नु भएछ । मैले तुरुन्तै सडक विभागको डीजीलाई फोन गरेर सोधेँं । सन् २०२० मै बसन्त नेम्वाङ भौतिक पूर्वाधार विकासमन्त्री भएका बखत डीपीआर भएर एसियाली विकास बैंकबाट बनाई दिने सम्झौता भएको थाहा भयो । त्यसले अहिले डीपीआर गरिरहेको छ । अब अर्को वर्ष मात्रै लोन एग्रिमेन्ट हुन्छ । अहिले केही पनि भएको छैन । उहाँले मैले गरें भनिदिनु भएको छ । नकचरालाई के उपचार हुन्छ ?’

त्यसैगरी एमाले उम्मेदवार पाण्डेले भण्डारा मलेखु चेपाङ माग सुरेन्द्र पाण्डेको नेतृत्वमा बजेट परेर निर्माणको काम भइराखेको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘कयर खोलाको तटबन्धन आफ्नै पहलमा अहिले पनि निर्माणको काम भइराखेको छ । यसको विकासका क्रम र बजेट आउने निकायले प्रष्टरुपमा मेरो पहलमा भएको बताइरहेका छन् ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>