चितवन विशेष

‘जितबहादुर पिया बेष्ट लायन्स क्लब अफदि इयर’ अवार्ड घोषणा

Banner

चितवन, कात्तिक २८–

लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आर नेपालको दोस्रो क्याबिनेट बैठक सम्पन्न भएको छ ।

रत्ननगर नगरपालिकास्थित होटल स्टार चितवनमा दुई दिने बैठक सम्पन्न भएको हो । डिष्ट्रिक्ट गर्भनर पीएमजेएफ लायन सिद्धार्थलाल चुकेको अध्यक्षतामा सम्पन्न बैठकले सेवामूखि अन्य विभिन्न कार्यहरु सम्पन्न गर्ने प्रस्तावसँगै क्लबहरुलाई प्रोत्साहन गर्न ‘लायन जितबहादुर पिया बेष्ट लायन्स क्लब अफ दि इयर’ अवार्ड प्रदान गर्ने प्रस्ताव पनि सर्वसम्मतले पारित गरेको छ ।

लायन जितबहादुर पिया सन् १९८२ मा खुलेको नारायणगढ लायन्स क्लबको संस्थापक सदस्य हुनुहुथ्यो । समाजसेवा र परहितमा सक्रिय रुपले समर्पित भई लाग्नुहुने जितबहादुर पियाको देहवसान सन् १९८८ मा भएको थियो । उहाँको स्मृति सधै ताजा रहोस् र लायनवादमार्फत आफ्नो स्वर्गीय बुबाको सपना साकार होस् भनेर उहाँको परिवारले उहाँ बितेकै वर्ष लायन्स चोक, नारायणगढमा स्वर्गीय पिताको नाममा जग्गा प्रदान गर्नुभयो ।

हालको लायन जितबहादुर पिया व्यवसायिक तालिम केन्द्र भएको लायन्स भवन उक्त जग्गामा नै बनेको हो । हाल उहाँको परिवारले उहाँको स्मृतिमा दिइने सम्मानको लागि रु. एक लाख नारायणगढ लायन्स क्लबमा जम्मा गरी प्रत्येक वर्ष डिष्ट्रिक्टको उत्कृष्ट क्लबलाई नगद रु. १०,००० सहितविशेष प्रतिक प्रदान गर्ने निर्णय गरेको छ । उहाँको श्रीमती कृष्ण कुमारी लायनेस क्लब अफ नारायणगढको संस्थापक सदस्य हुनुहुन्थ्यो ।

उहाँको जेठो छोरा लायन शान्त कुमार  पिया नारायणगढ लायन्स क्लबको दोस्रो पटक अध्यक्ष, कान्छा छोरा लायन प्रशान्त कुमार पिया उक्त क्लबको पूर्व अध्यक्ष तथा हालको कोषाध्यक्ष हुनुहुन्छ । उहाँको बुहारीद्वय लायन सबरी पिया, लायन्स क्लब अफनारायणगढ नारायणीका पूर्व अध्यक्ष र लायन जोशिला पिया लायन्स क्लब अफनारायणगढ नारायणीका कोषाध्यक्ष हुनुहुन्छ भने नाति लियो सबल पिया लियो क्लब अफ नारायणगढका पूर्व अध्यक्ष हुनुहुन्छ ।

नातिनी लियो समृद्दि पिया लियो क्लब अफ नारायणगढ सदस्य हुनुहुन्छ । उहाँको परिवारको सद्भावका लागि डिष्ट्रिक्ट गर्भनर सिद्धार्थलाल चुकेले सम्पूर्ण लायनहरुको तर्फबाट धन्यवाद ज्ञापन गर्नुहुँदै उक्त अवार्ड आउँदो अधिवेशनदेखि वितरण गर्ने विश्वास दिलाउनु भयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>