चितवन विशेष

चितवन–३ मा दिनेश कोइरालालाई जिताउनुस्ः केपी ओली

Banner

चितवन, कात्तिक २८-

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवन क्षेत्र नम्बर ३ मा दिनेश कोइरालालाई जिताउनुपर्ने बताउनु भएको छ ।

भरतपुरमा आयोजित एमालेको चुनावी सभामा ओलीले कोइरालाको प्रशंसा गर्दै उहाँ राजनीति बुझेको र लोकतान्त्रिक चरित्रको भएको भन्दै जिताउन आग्रह गर्नुभएको हो ।

ओलीले भन्नुभयो, ‘कोइराला लोकतान्त्रिक चरित्रको मान्छे हो। राजनीति बुझेको मान्छे हो । नारायणीको तिरमा माछा चुनाव चिन्ह लिएर उठ्नुभएका कोइरालालाई जिताउन एमालेले सहयोग गरेको छ ।’

कोइराला कांग्रेसका केन्द्रीय सदस्य हुनुहुन्थ्यो । उहाँले बागी उम्मेदवारी दिएपछि कांग्रेसले पाँच वर्षका लागि पार्टीबाट निकालेको छ । चितवन–३ मा एमालेले आफ्नो उम्मेदवारलाई पछि हटाउँदै कोइरालालाई सहयोग गर्ने यसअघि बताएको थियो। साथै एमालेलाई सुदृढ लोकतान्त्रिक शक्ति बनाउनका निम्ति उहाँले आग्रह गर्नुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>