Breaking News

चितवनमा ५० वटा कार्टुनमा रहेको अवैध दुई हजार किलो भारतीय माछा नष्ट

Banner

चितवन, कात्तिक २८-

चितवनमा अवैधरुपले ल्याइएको ५० कार्टुनमा रहेको दुई हजार किलो भारतीय माछा नष्ट गरिएको छ ।

चितवन मत्स्य व्यवसायी संघ र सशस्त्र प्रहरी बल आँपटारीको सयुक्त टोलीद्वारा बरामद गरी आज नष्ट गरिएको हो ।

नवलपरासी पश्चिम प्रतापपुर गाउँपालिका वडा नम्बर २ बस्ने २३ वर्षीय विवेक कुमार तेलीले भारतबाट चोरी निकासी गरी ५० वटा कार्टुनमा काठमाडौँ लैजादै गर्दा अन्दाजी चार लाख रुपैयाँ मूल्य पर्ने दुई हजार केजी माछा सशस्त्र प्रहरी बल आँपटारी र नेपाल मत्स्य व्यवसायी संघ चितवनले संयुक्तरुपमा बरामद गरेको थियो । सडेर गन्ध आएको सो माछा लु३च ३६३६ नम्बरको पिकअप गाडीमा ल्याउँदै गर्दा प्रहरीले पक्राउ गरेको थियो । सो माछालाई माछा पशु स्वास्थ्य तथा पशु सेवा निवमावली २०५६ को नियम २ ख अनुसार निसंक्रमण विधि अपनाइ जलदेवी सामुदायिक वन परिसरमा सरोकारवाला निकायका विभिन्न प्रतिनिधिहरुको रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>