चितवन विशेष

जनता समाजवादी चितवन माओवादी केन्द्रमा समाहित

Banner

चितवन, कात्तिक २८-

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी चितवन समिति माओवादी केन्द्रमा समाहित भएको छ ।

पार्टीका केन्द्रीय सदस्य लोकबहादुर गुरुङ, चितवन जिल्ला अध्यक्ष प्रेम भुजेलसहित जिल्ला कमिटी नै आज नेकपा माओवादी केन्द्रमा समाहित भएको हो ।
नेकपा माओवादी जिल्ला पार्टी कार्यालय चितवन कृष्णपुरमा आयोजित विशेष कार्यक्रमका बीच जिल्ला समिति र भातृ संगठनहरु माओवादी केन्द्रमा समाहित भएका छन् । समाहित भएका नेता तथा कार्यकर्तालाई नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य नारायण दाहाल, पोलिटब्युरो सदस्य सूर्य सुवेदी पथिक, पोलिटब्युरो सदस्य तथा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले स्वागत गर्नु भएको थियो ।

समाहित हुनेमा जसपाका केन्द्रीय परिषद् सदस्य लोकबहादुर गुरुङ, जिल्ला अध्यक्ष प्रेम भुजेल, प्रदेश सदस्य बिमला मगर, भरतपुर महानगर अध्यक्ष मानस लामा, महिला अध्यक्ष सृजना श्रेष्ठ, विद्यार्थी अध्यक्ष अशोक गुरुङ, कोषाध्यक्ष मनोज पोखरेल, उपाध्यक्ष केशकुमारी गुरुङ, सहसचिव लक्ष्मी गुरुङ, युवा अध्यक्ष विक्रम गुरुङलगायत ५०० जना माओवादी केन्द्रमा प्रवेश गरेको नेकपा माओवादी केन्द्र चितवनका सचिव द्रोणबाबु शिवाकोटीले जानकारी दिनुभयो ।

पार्टी समाहित कार्यक्रमलाई सम्बोधन गर्दै नेता प्रेम भुजेलले उत्पीडित, दलित, महिला र विपन्न नागरिकको हकहितमा लड्ने पार्टी नेकपा माओवादी केन्द्र मात्रै भएको दाबी गर्नुभयो । नेकपा माओवादी केन्द्रले गरेको १० वर्षे जनयुद्धको जगमा सबै उत्पीडितहरुले समान हक अधिकार प्राप्त गर्न सफल भएको उहाँको भनाइ थियो । जिल्ला पार्टी कमिटी र सात वटै स्थानीय तह नै माओवादी केन्द्रमा समाहित भइसकेको उहाँले जानकारी दिनुभयो । मंसिर ४ गते हुने संघीय र प्रदेश निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई अत्याधिक बहुमतले जिताउन सम्पूर्ण कार्यकर्तालाई आग्रहसमेत गर्नुभयो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>