चितवन विशेष

भरतपुरका उपमेयर बालुवा उद्योग निरीक्षणमा, नविकरण नभएका उद्योग बन्द गर्न निर्देशन

Banner

चितवन, कात्तिक २८-

भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीले भरतपुर–२९ भोर्लेमा रहेको महानगर बालुवा उद्योगलाई तत्काल बन्द गर्न निर्देशन दिनुभएको छ ।
महानगर बालुवा उद्योग नविकरण बिना सञ्चालनमा आएको भन्दै उपप्रमुख अधिकारीले बन्द गर्न निर्देशन दिनु भएको हो ।

अधिकारीले भन्नुभयो, ‘ फिल्डमा आएर हेर्दा नविकरण नभई सञ्चालन भएको हामीले जानकारी पायौं । अनि तत्काल बन्द गर्न निर्देशन दिइएको हो ।सम्बन्धित उद्योग धनीलाई तत्काल प्रक्रिया पु¥याएर महानगरमा नविकरण गर्न आउन निर्देशन दिइएको छ ।’

महानगर हाता भित्र रहेका कुनै पनि उद्योग तथा कलकारखाना बिना दर्ता र नविकरण नगरी कसैले पनि सञ्चालन गर्न नपाउने भन्दै उहाँले राजस्व छल्ने अधिकार कसैलाइ पनि नभएको प्रष्ट पार्नु भयो । ‘उक्त उद्योगको म्याद गत कात्तिक ११ गते नै सकिएको हो । महानगरले उक्त उद्योगलाइ १५ दिने सूचना जारी गरी नविकरण गर्न आउनु भनी परिपत्र समेत गरिसकेको छ’, राजस्व शाखा प्रमुख जिबलाल कुँबरले भन्नू भयो,‘गत कात्तिक १६ गते हामीले १५ दिने सूचना जारी गरी नविकरण गर्न आउन भनिसकेका छौ, ३१ गते कार्यालय समय भित्र पनि नविनरण गर्न नआएमा वा अटेर गरेमा महानगर प्रचलित ऐन अनुसार कारबाही गर्छौं’, कुँवरले भन्नुभयो ।

उपप्रमुखसँगको अनुगमनमा भरतपुर २९ का वडा अध्यक्ष सूर्यबहादुर गुरुङ, भरतपुर महानगरका सिनियर डिभिजन इञ्जिनियर लक्ष्मीप्रसाद भण्डारी, बातावरण शाखा प्रमुख इञ्जिनियर बिराट घिमिरे, राजस्व शाखा प्रमुख जिवलाल कुँबर, इञ्जिनियर विकल पण्डितलगायतका अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियोे । त्यसैगरी, अनुगमन टोलीले गाइघाट,दास ढुङगा ( दास खोला) लगायतका विभिन्न क्षेत्रमा रहेका उद्योगहरुको निरीक्षण समेत गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>