Breaking News
एमालेले कार्यकर्ता कुटेको भन्दै दार्चुलामा सत्ता गठबन्धनद्वारा सडक अवरुद्ध, सभामा गएकालाई बाटोमै रोक
०

दार्चुला, कात्तिक २८-
आफ्ना कार्यकर्तालाई नेकपा एमालेका कार्यकर्ताले कुटेको भन्दै दार्चुलामा सत्तारुढ गठबन्धनमा आबद्ध दलका कार्यकर्ताले सडक बन्द गरेका छन्
। गठबन्धनका कार्यकर्ताले गोकुलेश्वर खार खलंगा सडकको धुलीगडा क्षेत्रमा सडक अवरुद्ध गरिएको हो ।
नौगाड गाउँपालिका–६ खेडमा प्रचारप्रसारमा खटिएको गठबन्धन र नौगाडको जामिरमा आमसभामा गइरहेका एमाले कायर्कर्ता बीच आइतबार झडप भएको थियो ।
गठबन्धनका कार्यकर्ताले झडपमा संग्लन एमाले कार्यकर्तालाई पक्राउ गरे मात्रै सडक खुलाउने बताएका छन् । जिल्लाभरीबाट सयौं कार्यकर्तालाई गठबन्धनले धुलीगडा खेडा क्षेत्रमा राखेर सडक बन्द गरेको नेकपा एमाले नौगाड गाउँपालिका अध्यक्ष जनकसिंह ठगुन्नाले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























