चितवन विशेष

चितवनमा चुनाव प्रचारको गाडीमा भएको तोडफोडले नराम्रो सन्देश दियोः देवी ज्ञवाली

Banner

चितवन,कात्तिक २७-

नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य तथा चितवन क्षेत्र नम्वर २ (ख) का प्रदेशसभा सदस्य उम्मेदवार देवी ज्ञवालीले चितवनमा चुनाव प्रचार प्रसारमा हिडेको गाडी तोडफोडको भत्र्सना गरेका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै घटनाले चितवनबारे नराम्रो सन्देश फैलिएको बताए ।
ज्ञवालीले भनेका छन्,‘प्रतिस्पर्धी तर्फका उम्मेदवारको प्रचारका लागि खटिएको गाडीमा भएको तोडफोडले नराम्रो सन्देश दियो । सुरक्षाकर्मी मुकदर्शक प्रत्यक्षदर्शी हुँदा दण्डहिनता मौलाउँछ । बेलैमा सचेत बन्न सम्बन्धित सबैमा अनुरोध छ ।’आज आइतबार चितवनको इच्छाकामना गाँउपालिकामा चुनाव प्रचारमा हिडेको राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता सवार गाडीमा गठबन्धनका कार्यकर्ताले तोडफोड गरेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>