Breaking News
खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा करिब ५ लाखको क्षति
०

चितवन, कात्तिक २७–
पूर्वी चितवनको राप्ती नगरपालिका–७ ‘फोर ग्रुप’ बस्ने उत्तम कुमार मगरको घरमा आगलागी भएको छ । आज बिहान करिब ७ः२० बजेको समयमा टिनले छाएको भान्छा कोठामा खाना पकाउने ग्यास लिक भई अचानक आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट भान्छा कोठामा भएका सबै भाडाकुडा, खानेकुराहरू र फर्निचरका सामानहरू जलेको जिल्ला प्रहरी कार्यालय चितनवका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।
दमकल, प्रहरी र स्थानीयको सहयोगमा बिहान करिब ८ बजे आगो नियन्त्रणमा आएको र आगलागीबाट करिब ५ लाख रुपैयाँ बराबरको क्षति भएको उनले बताए । आगलागीबाट मानविय क्षति भने भएको छैन ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























