चितवन विशेष

स्वतन्त्र उम्मेदवार तारा पौडेलले डा.भोजराज अधिकारीलाई गरे समर्थन

Banner

चितवन, कात्तिक २६–

चितवन क्षेत्र नं.३ बाट स्वतन्त्र उम्मेदवारी दिएका युवा नेता तारा पौडेलले गठबन्धनका साझा उम्मेदवार डा.भोजराज अधिकारीलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निस्कृय भएको घोषणा गरेका छन् ।

शनिबार भरतपुरमा आयोजित गठबन्धनको विशाल आमसभामा बोल्दै स्वतन्त्र उम्मेदवार पौडेलले नेकपा (माओवादी केन्द्र)का उम्मेदवार डा.अधिकारीलाई समर्थन गर्ने घोषणा गरेका हुन् । आफूले उठाउँदै आएको एजेन्डालाई डा.अधिकारीले अघि बढाउने प्रतिवद्धता जनाएपछि आफूले उम्मेदवारी निस्कृय पारेको बताए ।

‘म कुनै नेता र नेतृत्वको विरोधमा स्वतन्त्र उम्मेदवारी दिएको थिइन्, म विकासको एजेन्डा लिएर अघि बढेको थिए, मेरो एजेन्डालाई अघि बढाउने प्रतिवद्धतापछि मैले उम्मेदवारी फिर्ता लिएको हुँ’–पौडेलले भने ।

पौडेल ठोरी–केरुङ लोकमार्ग बन्नुपर्छ भन्ने विषयलाई उजागर गर्दै आएका अभियन्ता समेत हुन् । उनी पुतली चुनाव चिन्ह लिएर प्रचार प्रसार तिव्र पारेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>