समाचार

सुङ्गुरको आक्रमणबाट १५ महिने बालिका गम्भीर घाइते, परिवारबाट सहयोगको याचना

Banner

प्रतिमा कुमाल

चितवन, कात्तिक–२६

सुङ्गुरले आक्रमण गर्दा १५ महिने बालिका गम्भीर घाइते भएकी छन् ।

संखुवासभा मकालु गाउँपालिका वडा नं. ३ निवासी पूर्णिमा राईको दुवै हात खुट्टामा गम्भीर चोट लागेको छ । घरमै पालेको सुङगुरले आक्रमण गरेको पूर्णिमाका ठूलो बुबा रमेशकुमार राईले बताउनुभयो । उहाँले भन्नुभयो, ‘झोलुङ्गोमा सुतिरहेको बच्चालाई घरमै पालेको सुङ्गुरले तानेर खेतमा पु¥याएको रैछ । दाहिने हातको औलामात्र सकुसल छ ।’

घर एकान्तमा थियो र बच्चाको आमा सुस्तःमनस्थितिको भएकोले बच्चा मृत्युको मुखसम्म पुगेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, ‘मेरो सासुको घर एकान्तमा छ । त्यो दिन घरमा बच्चाको आमा मात्र रैछ । मानसिक सन्तुलन गुमाएको मान्छेलाई बच्चा रोए पनि कुनै फरक पर्दैन । एकजना बहिनी त्यहीँ घरको बाटो हुदै जादा बारीबाट बच्चाको रुवाई सुनेर त्यता जानुभएछ । कुद्दै जादा सुङ्गुरले लुछिरहेको अवस्थामा भेटाउनु भएछ ।’

स्थानीय प्रहरीले बच्चालाई माटो र रगतले लत्पतिएको अवस्थामा उद्धार गरेको राईले बताउनुभयो । स्थानीयको आर्थिक सहयोगले पूर्णिमाको उपचार काठमाडौं महाराजगञ्ज स्थित टिचिङ हस्पिटलमा भइरहेको छ । तर, उहाँको अवस्था नाजुक रहेको राईले बताउनुभयो । ‘तीन दिन अगाडि सल्यक्रिया भएको थियो’ उहाँले भन्नुभयो, ‘अहिले पखला चलेर बच्चाको स्वाथ्य अवस्था झन् नाजुक भएको छ ।’ अस्पतालका डाक्टरले भने नडराउन सल्ला दिएको राईले नारायणी अनलाइनलाई बताउनुभयो । गत कात्तिक २० गते यो घटना घटेको थियो ।

निज घाइतेको परिवारको आर्थिक अवस्था समेत नाजुक रहेको छ । अस्पतालको बेडमा दुखाई सही रहेकी निज बच्चाको आमा पनि पीडित हुन् । मानसिक सन्तुलन गुमाएकाले उनलाई केही थाहा नभएको राईले बताउनुभयो । उहाँले भन्नुभयो, ‘मेरो साली हुन् उनी, मानसिक सन्तुलन ठिक छैन, पूर्णिमा उनको छोरी हो भन्ने पनि उनलाई थाहा छैन ।’

साथै राईले आर्थिक सहयोग गरी दिन सबैमा आग्रह गर्नुभएको छ । सहयोगको लागि उहाँले आफू र आफ्नो श्रीमतीको संयुक्त बैंक खाता नम्बर बनाएर सहयोग माग गरिरहनुभएको छ । उहाँले भन्नुभयो, ‘ईच्छुक सहयोगी मनहरूको लागि म रमेशकुमार राई र मेरो श्रीमती नीर माया राईको संयुक्त खाता बनाएका छौं । बैंक अफ काठमाण्डू लिमिटेड ब्रान्च खाँदबारीको खाता नं. १८४२०००२००३९५२४मा सहयोग गर्न सक्नुहुन्छ ।’ बच्चा उपचार पछि बाच्ने भए पनि सधैका लागि अपाङ्ग भएको राईले गुनासो गर्नुभयो ।

फोन नम्बर
रमेशकुमार राई मो. नः ९८६२११५८१७
हिरा राई मो. नः ९८४००३११२९

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>