Breaking News

चितवनमा गठबन्धनलाई चुनाव जिताउनुस्, विकास कोइरालामाथिको कारबाही फिर्ता हुन्छ

Banner

चितवन,कात्तिक २६-

प्रधानमन्त्री शेरबहादुर देउवाले चितवनमा सत्ता गठबन्धनका उम्मेदवारहरु विजयी भए विकास कोइरालामाथि गरिएको कारबाही फिर्ता हुने बताएका छन्। चितवनको भरतपुरमा शनिबार आयोजित सत्ता गठबन्धनको चुनावी भेलालाई सम्बोधन गर्दै उनले निर्वाचन जिताएको भोलिपल्टै कोइरालामाथि गरिएको कारबाही फिर्ता हुने बताएका हुन्।

‘विकास कोइरालाजीले यहाँ जुलुस ल्याउनु भएको छ। फिर्ता गर्, फिर्ता गर् भनेर। चुनाव जिताएकै भोलिपल्ट फिर्ता गर्दिन्छु म,’ प्रधानमन्त्री देउवाले भने, ‘पहिला चुनाव जिताउनुस्, फिर्ता गर्ने काम मेरो भयो।’ उनले कोइरालामाथि आफूले कारबाही नगरेको पनि स्पष्ट पारे।

‘मैले कारबाही गरेको पनि होइन। १० वर्ष पुरानो कुरो रहेछ यो,’ देउवाले भने, ‘निर्धक्क भएर काम गर्नुस्, चुनाव जिताउनुस्, फुकुवा भयो।’ २०७० सालको संविधानसभा निर्वाचनमा कोइराला तत्कालिन पार्टी सभापति सुशील कोइरालाविरुद्ध ‘बागी’ उम्मेदवार बनेका थिए। पार्टी सभापतिविरुद्ध ‘बागी’ उम्मेदवारी दिएपछि कोइरालालाई कांग्रेसले कारबाही गरेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>