Breaking News

बाध्यताले चुनाव लड्न गोरखा गएको हुँ,घर त मेरो चितवन नै होः प्रचण्ड

Banner

चितवन,कात्तिक २६-

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाध्यताले चुनाब लड्न गोरखा गएको बताउनुभएको छ । आज शनिवार भरतपुरमा आयोजना गरिएको सत्ता गठबन्धनको जनसभालाई सम्बोधन गर्दै प्रचण्डले चुनाव लड्न गोरखा गएपनि आफु चितवनकै भएको बताउनुभयो । उहाँले भन्नुभयो,‘मेरो घर चितवनमै छ,यहाँको विकासमा मेरो सधै चासो रहनेछ ।’ चितवनप्रतिको लगाब हिजोदेखि नै रहेको र आज र भोलि पनि निरन्तर रहने उहाँले बताउनुभयो । चितवनमा पूर्वाधारका क्षेत्रमा सुरु भएका विकासका कामलाई पूर्णता दिन निरन्तर लागिरहने प्रचण्डको भनाई छ । गोरखा जानुपर्ने बाध्यता बुझिदिन उहाँले सबै चितवनबासीलाई आग्रह गर्नुभयो । प्रचण्डले २०७४ सालको निर्वाचनमा निर्वाचित गराउने चितवन ३ का मतदातालाई धन्यबाद ज्ञापन गर्नुभयो ।

जनसभालाई प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरवहादुर देउवा लगायतका नेताहरुले सम्बोधन गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>