Breaking News
चितवनमा सत्ता गठबन्धनको सभास्थलमा कडा चेकजाँच
०

चितवन, कात्तिक २६-
चितवनमा आज सत्तारुढ गठबन्धनले आमसभा गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवन अगाडि रहेको गेष्ट हाउस चौरमा भएको आमसभालाई सम्बोधन गर्न नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका उपाध्यक्ष केशवलाल श्रेष्ठ लगायत नेताहरु चितवन आएका छन् ।

उक्त सभास्थलमा विभिन्न ठाउँबाट सत्तारुढ गठबन्धनमा रहेका दलका नेता कार्यकर्ताहरु आउने क्रम सुरु भएपछि चेकजाँचमा कडाई गरिएको छ । सुरक्षा जाँच गर्ने गेट नै तयार गरेर भित्र प्रवेश गर्नेहरुको खानतलासी गरिएको हो । कार्यकर्तालाई सुरक्षाकर्मीले टोपी समेत फुकाल्न लगाएका छन् ।


तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























