Breaking News

मनिषा कोइरालालाई बाबुरामको जवाफः सेलिब्रिटीको उडन्ते कुरालाई महत्व नदिऊॅ

Banner

काठमाडौ,कात्तिक २६-

नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले अभिनेत्री मनिषा कोइरालाले भन्दैमा संघीय लोकतान्त्रिक गणतन्त्र नउल्टिने बताएका छन्। शनिबार सामाजिक सञ्जाल ट्वीटरमार्फत पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष भट्टराईले अभिनेत्री कोइरालातर्फ लक्षित गर्दै जतिसुकै ठुलो सेलिब्रेटीको मुखारविन्दबाट निस्केपनि संघीय लोकतान्त्रिक गणतन्त्र नउल्टिने बताएका हुन्।

‘बगेको खोलो फर्कदैन। ठूलो पहिरोले केही क्षण थुनिन सक्छ तर अन्ततः फेरि खुलेर अगाडि बढ्छ। प्रकृति र समाज विकासको शाश्वत नियम यही हो। अतः जतिसुकै ठुलो सेलिब्रेटीको मुखारविन्दबाट निस्केपनि हाम्रो संघीय लोकतान्त्रिक गणतन्त्र उल्टिँदैन। यस्ता उडन्ते कुरालाई महत्व नदिऊँ। समय र शक्ति बरबाद नगरौं’, उनले भनेका छन्।

उनले शुक्रबार काठमाडौंमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै राप्रपालाई भोट मागेकी थिइन्। उनले राजसंस्था र बहुदलीय व्यवस्थाले मुलुकलाई सुदृढ गर्छ भनेर बीपीले देखाएको राष्ट्रिय मेलमिलापको बाटो नै राजेन्द्र लिङ्देनले अहिले उठाएको विषयबाट आफू प्रभावित भएको बताएकी थिइन्। मनिषा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा कांग्रेसका संस्थापक बीपी कोइरालाकी नातिनी हुन्। उनी बलिउड अभिनेत्रीको रुपमा परिचित छिन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>