Breaking News

पुल्चोक गोन्द्राङ सडकः अतिक्रमण गरेर बनाइएका ५८ घर भत्काउन निर्देशन,अटेर गरे डोजर चलाइने

Banner

चितवन,कात्तिक २५-

चितवनमा राजमार्ग अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन निर्देशन दिइएको छ । सडक डिभिजन भरतपुरले सूचना जारी गर्दै पन्ध्र दिनभित्र अतिक्रमित संरचना हटाउन निर्देशन दिएको हो ।

कार्यालयका प्रमुख रमेश प्रसाद पौडेलका अनुसार पूर्वपश्चिम राजमार्गको लोथरदेखि गोन्द्राङ–पुलचोकसम्म र मुग्लिन–नारायणगढ सडकखण्डमा अतिक्रमित संरचना हटाउन बिहिबारदेखि लागू हुनेगरी पन्ध्र दिनको सूचना जारी गरिएको छ । राष्ट्रिय राजमार्गको सडक सीमा सडककेन्द्र रेखाबाट २५ मिटर दाँया र २५ मिटर बाँया तथा भवन सीमासहित ३१ मिटर दाँया र ३१ मिटर बाँया कायम गरिएको उहाँले बताउनुभयो । सडक सीमाभित्र घर टहरा निर्माण गर्न, नाली पुरेर प्रवेश मार्ग बनाउन, सडक संरचना भत्काउन, ढल तथा पानी सडक तथा सडक किनारको नालामा मिसाउन र स्वीकृत विना बनेका संरचना तथा यस्तै प्रकृतिका अन्य यातायात सञ्चालन एवं सडक प्रयोगकर्तालाई अवरोध पुग्ने कार्य गर्न सडक ऐन २०३१ ले निशेष गरेको पौडेलले जानकारी दिनुभयो ।

पटक–पटक विभिन्न सञ्चार माध्यामबाट जानकारी, माइकिङ्ग र पम्पेलट मार्फत सूचना जारी गरेपनि केही ठाँउमा सडक सीमाभित्र अवरोधहरु रहेको भन्दै पन्ध्र दिनको सूचना जारी गरिएको कार्यालयले जनाएको छ । सडक सीमा अतिक्रमण हटाउन सम्बन्धित स्थानिय तह,सरोकारवाला र नागरिकलाई सहयोग गरिदिन कार्यालयले अनुरोध गरेको छ ।

कार्यालयले दिएको समय सिमाभित्र अतिक्रमण गरी बनाइएका संरचना नहटाइए सार्वजनिक सडक ऐन २०३१ अनुसार सडक डिभिजन कार्यालयले डोजर प्रयोग गरेर हटाउने र भत्काउन लाग्ने खर्च समेत सम्बन्धित निर्माणकर्ताबाट असुल गर्ने कार्यालयका इन्जिनियर सागर कार्कीले बताउनुभयो । उहाँले पुल्चोक–गोन्द्राङ्ग सडकमा मात्रै ५८ वटा घरटहरा सडक अतिक्रमण गरी निर्माण गरिएको जानकारी दिनुभयो । पश्चिमबाट पूर्वतर्फ जाँदा दाँयातर्फ २३ वटा र बाँयातर्फ ३५ वटा घर परेका छन् । ‘कतिपय घरले ढल सिधै नालीमा मिसाएको पाइएको छ,उहाँले भन्नुभयो’,कतिपय व्याक्तिको शौचालयको सेफ्टीट्याङकी पनि बाटोमा नै परेको छ ।’

भत्काउनुपर्ने अतिक्रमित घरहरुमा यसअघिनै मार्किङ गरेर रातो लगाइएको उहाँले बताउनुभयो । पुल्चोक–गोन्द्राङ्ग सडक अन्तर्गत नारायणगढ क्षेत्रमा यो समस्या धेरै छ । निर्वाचनपछि दु्रत रुपमा काम गर्नेगरी सूचना जारी गरिएको उहाँले बताउनुभयो । कार्यालयले यसअघि पनि राजमार्ग क्षेत्रमा पर्ने चितवनको लोथर,भरतपुर एयरपोर्ट अगाडि,रामनगर र जुगेडीमा अतिक्रमण गरेर बनाइएका संरचनाहरु भत्काएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>