चितवन विशेष
चितवन क्षेत्र नंं ३ का स्वतन्त्र उम्मेदवार बासुदेवद्वारा डा. भोजराजलाई समर्थन
०

चितवन, कात्तिक २४–
प्रतिनिधि सभातर्फ चितवन क्षेत्र नं. ३ का स्वतन्त्र उम्मेदवार बासुदेव सापकोटाले डा. भोजराज अधिकारीलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निश्क्रिय बनाउनुभएको छ ।
सापकोटाले समयको माग र परिस्थिति तथा जनताको चाहनालाई मध्यनजर गरेको भन्दै लोकतान्त्रिक बामगठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहनुभएका चितवनका स्थापित वरिष्ठ फिजिसियन डा.भोजराज अधिकारीलाई समर्थन गरी आफ्नो उम्मेदवारी निष्क्रिय भएको घोषणा गर्नुभएको हो ।
उम्मेदवारी निश्क्रिय पारेसंगै सापकोटाले आफ्ना शुभचिन्तक एवं मतदाताहरुलाई डा. अधिकारीलाई विजयी गराउन अनुरोध पनि गर्नुभएको छ । माडी४, खैरहनी निवासी युवा स्वास्थ्यकर्मी सापकोटा सिरिन्ज चिन्हमा स्वतन्त्र उम्मेदवार रहनुभएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























