चितवन विशेष

प्रचण्ड र ओलीलाई बलियो बनाएर कांग्रेस रहँदैनः जगन्नाथ पौडेल

Banner

चितवन, कात्तिक २४-

चितवन क्षेत्र नं.३ का बागी उम्मेदवार जगन्नाथ पौडेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बलियो बनाएर काँग्रेस नरहने बताउनु भएको छ ।

शारदानगर, गीतानगर आसपास क्षेत्रका मतदातासँग कुरा गर्दै उहाँले नेकपा एमाले अध्यक्ष केपीशर्मा ओलीको शरणमा परेर तथा प्रचण्डलाई बलियो बनाएर कांग्रेसको अस्तित्व नरहने बताउनु भएको हो ।

मतदातासँग कुरा गर्दै उहाँले भन्नु भयो, ‘ओलीको हातमा, मुठ्ठीमा गएर काँग्रेस बन्छ ? हामीले प्रचण्डलाई बलियो बनाएर, प्रचण्डले शेरबहादुर देउवालाई कमजोर बनाउनु त्यो राम्रो बाटो हो ? यसरी कांग्रेसको अस्तित्व रहन्छ ? ’

त्यस्तै घरदैलो अभियानमा उम्मेदवार जगन्नाथ पौडेलले हरेक युवाको मनोभावना बुझेको र उनीहरुको आशाका किरणहरु मर्न नदिने समेत बताउनु भयो । पछिल्लो समय नेपाली कांग्रेस भित्र निरन्तर बिद्रोह गरेकै कारण युवा पुस्तामा लोकप्रिय रहनुभएको पौडेलले स्थानीय निर्वाचनमा पहिले भूँईकटहर समूहबाट चर्चा पाए पनि यस पटक चुनाव चिन्ह सुर्यमूखी फूल लिएर प्रतिनिधिसभा निर्वाचन चितवन क्षेत्र नं.३ बाट चुनावमा लड्दै हुनुहुन्छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>