Breaking News

चितवनमा ३ दिनदेखि टेलिकमको नेटवर्कमा समस्या,जथाभावी डोजर चलाउँदा फाइबर काटियो

Banner

चितवन,कात्तिक २३-

चितवनमा नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ । भरतपुरमा नेपाल टेलिकमको अप्टिकल फाइबर काटिँदा तीन दिनदेखि नेटवर्कमा समस्या आएको हो । मोबाइलमा फोन नलाग्ने, बोलेको नबुझिने, इन्टरनेट नचल्ने गर्दा नेपाल टेलिकमका सेवाग्राही समस्यामा परेका छन् । सडक बिस्तारको क्रममा जथाभावी डोजर चलाएका कारण अप्टिकल फाइबर काटिएको दूरसञ्चार कार्यालय भरतपुरले जानकारी दिएको छ ।

भरतपुरका दुई ठाउँ र नवलपुरको गैँडाकोटमा फाइबर काटिएको दूरसञ्चार कार्यालय भरतपुरका प्रमुख नविनकुमार मिश्रले जानकारी दिनुभयो । उहाँका अनुसार भरतपुर एयरपोर्ट अगाडि र सप्तगण्डकी क्याम्पस चोकमा भएको समस्या पत्ता लागेको छ भने गैँडाकोटमा अझै समस्या पत्ता लागेको छैन । भरतपुरको समस्या आज साँझसम्म समाधान गर्ने गरी काम भइरहेको उहाँले बताउनुभयो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>