चितवन विशेष

चितवन ३ (क) मा कृष्ण भूर्तेलले के-के काम गरे ? यसपटक सम्भावना कति ?

Banner

चितवन,कात्तिक २३-

नेकपा एमालेका तर्फबाट चितवन क्षेत्र नं. ३ (क) मा एमालेका तर्फबाट कृष्ण भूर्तेल उम्मेदवार बनेका छन् । सोही क्षेत्रबाट २०७४ को निर्वाचनमा उठेर प्रदेश सांसद बनेका भूर्तेलले गरेको विकास र सत्ता गठवन्धन भित्रकै अन्तर्घातको फाइदा उठाउँदै निर्वाचन जित्ने अभियानमा छन् । उनका प्रतिस्पर्धी सत्ता गठवन्धनका उम्मेदवार सूर्यकान्त घिमिरे चुनावी मैदानमा छन् । कतिपय गठवन्धनकै कांग्रेस र माओवादी केन्द्रका स्थानीय नेता पनि भूर्तेलको पक्षमा खुलेर लागेका छन् । चितवन क्षेत्र नं. ३ मा एमालेको सहयोगमा कांग्रेसका नेता दिनेश कोइराला संघिय सांसदको उम्मेदवार छन् । अघिल्लो चुनावमा सो क्षेत्रबाट दिनेश र कृष्ण भूर्तेलका विचमा नै चुनावी प्रतिस्पर्धा भएको थियो, तर यसपटक दिनेश र भूर्तेल एक अर्कोलाई मत मागिरहेका छन् ।

यो प्रदेश क्षेत्रबाट उम्मेदवार रहेका एमालेका नेता कृष्ण भूर्तेल मेघौलीका स्थानीय वासिन्दा हुन् । सादगी र त्यागी जीवन विताएका भूर्तेल २०५४ सालमा साविक मेघौली गाविसका अध्यक्ष बनेका थिए । जिल्ला विकास समिति चितवनमा एमालेको तर्फबाट पार्टी प्रतिनिधी भएर लामो समय काम गरेका उनलेचितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको अध्यक्ष बनेर समेत पीडित जनताको पक्षमा काम गर्दै आएका थिए । उनी जनताको समस्याको समाधान गर्न आफैं भिड्ने गर्छन् । माओवादी कै कतिपय नेताहरुले समेत भूर्तेललाई मन पराउँछन् । एमाले उम्मेदवार भूर्तेल भन्छन्, ‘मैले विकासको काममा, जनतालाई परेका दुःख र समस्यामा कहिल्यै पनि पार्टी हेरेको छैन, मेरा लागि सबै जनता सामान हुनुुहुन्छ, म प्रदेशको सांसद हुँदा पनि कुनै विभेद गरिन, सबैतिर बजेट मिलाएर सकेको पठाएको छु ।’

उनले वितेको ५ बर्षमा आफूले गरेको काम र जनताको सुखदुःखमा साथ दिएकै कारण जनताले मत दिने विश्वास पलाएको र उच्च मनोवलसहित घरदैलोमा ब्यस्त रहेको बताए । बागमती प्रदेश सांसद कृष्णप्रसाद भूर्तेलले चितवन निर्वाचन क्षेत्र नम्बर ३ (क) मा निर्वाचित भएपछि उनको पहलमा सो क्षेत्रमा अरवौंका बिकास निर्माणका काम भएका छन् । यो क्षेत्रमा भरतपुर महानगरपालिकाका वडा नः ६, ८, ९, १५,१६,१७,१८,१९, २०,२६, २७ र २८ नम्वर गरि १२ वटा वडा पर्दछन् । गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरुले पाएको मत एमालेको भन्दा गठवन्धनको धेरै भए पनि भूर्तेलले त्यसलाई बदल्ने गरी अभियान चलाएको बताए । प्रदेश क्षेत्र (क) मा ७८ हजार २ सय ८६ मतदाता छन् । यसअघि ६८ हजार मतदाता थिए । यहाँ २९ वटा मतदानस्थल र ८६ वटा मतदान केन्द्र तोकिएको छ ।

यी हुन् भूर्तेलले गरेका मुख्य–मुख्य कामहरुः

१. राइनो पार्कका लागि १ करोड ८१ लाख ७७ हजार
२. मेघौली कम्फेलक्सका लागि ३० लाख
३. भरतपु २८ को एकीकृत नमूना कुमाल बस्तीको कृषि पर्यटन कार्यक्रमका लागि १ करोड ५ लाख ।
४. भरतपुर–१६ मा गरिमा हरियाली पार्क निर्माणका लागि २० लाख, भरतपुर–२६ सिसहीमा थारु सङ्ग्रहालय भवनका लागि २५ लाख, भरतपुर–२७ सिमसार ताल व्यवस्थापन मचान निर्माणका लागि २५ लाख
५. भरतपुर–१७, श्यामलाल डाँडाबाट वार्ड कार्यालय जाने बाटोमा कालोपत्रेका लागि ४० लाख
६. भरतपुर–१५ विष्णुचोकबाट फूलबारी चौतारासम्म सडक कालोपत्रेका लागि ३० लाख
७. भरतपुर–९ विकासटोल र दीपज्योति मार्ग निर्माणका लागि ४० लाख
८. भरतपुर–१५ ज्ञानेश्वर मन्दिर परिसरमा पर्खाल निर्माणका लागि २५ लाख,
९. भरतपुर–१६ सामूहिक खेती विस्तारका लागि २० लाख,
१०. भरतपुर–१९ बखान सहकारी तेल मिल स्तरोन्नतीका लागि २० लाख,
११. भरतपुर–१५ डगपुर शेराब लिङ्ग गुम्बा भौतिक निर्माणका लागि १५ लाख
१२. भरतपुर–१५ घुमाउने चोक–एलौली चोकबाट सूर्यनगर स्कुल हुँदै सूर्यरत्न चोकसम्म सडक कालोपत्रेका लागि १ करोड ९९ लाख ८१ हजार,
१३. भरतपुर–२० वार्ड कार्यालयबाट भीमचन्द्र स्कुल हँुदै गोर्खा मधुपुरी स्कुलसम्मको बाटो कालोपत्रेका लागि ३ करोड,
१४. भरतपुर–२० आनन्दचोक, शिवालय मन्दिरको सडक कालोपत्रेका लागि ३८ लाख
१५. भरतपुर–१९ को मिलडाँडा–रामपुर गौतमबुद्ध रङ्गशाला हुँदै शिवघाट जाने सडक कालोपत्रेका लागि ५० लाख
१६. भरतपुर–२० फलेनी गाउँको सडक कालोपत्रेका लागि ५० लाख,
१७. भरतपुर–१८ वसन्तचोकबाट बाबुरामचोक सम्म सडक कालोपत्रेका लागि ४० लाख,
१८.भरतपुर–२६, २७ र २८ सिस्वार, सिसही, बालुवा, मगनी, नमुनाचोक, पिपरा, दद्रहनी हुँदै जीतपुर जाने सडक कालोपत्रेका लागि ८ करोड
१९. भरतपुर–८ र ९ को हाकिमचोक–धरेचोक–मखनचोक हुँदै पाण्डे घुम्ती जाने बाटो कालोपत्रेका लागि १करोड,
२०. भरतपुर–६ र १३ को सिमाना जल्कुने चोकदेखि महाजन चोकसम्म सडक कालोपत्रेका लागि ५० लाख, भरतपुर–१९ गञ्जसिंह चोकबाट रानीपोखरीसम्म सडक कालोपत्रेका लागि २५ लाख, भरतपुर–२० लालसम चोकबाट फलेनी गाउँ जाने अधुरो सडक कालोपत्रेका लागि ५० लाख, भरतपुर–६ आँधीखोला चोकबाट उत्तर जंगल सिमानासम्म सडक कालोपत्रेका लागि ५० लाख विनियोजन भएको छ ।भरतपुर–२० दद्रहनी रातापुर सडक कालोपत्रेका लागि ५० लाख

भरतपुर–१८, चनौली बजार–वसन्तचोकबाट उत्तरतर्फको सडक कालोपत्रेका लागि ३० लाख, भरतपुर–१८ चनौली बजार, डेरी चोकबाट गुञ्जनगर सडक कालोपत्रेका लागि ३० लाख, भरतपुर–१६ टिकौली धाराचोकदेखि भंगेरीथानतर्फको सडक कालोपत्रेका लागि ४० लाख, भरतपुर–२६/२७ सिमानाको तीनकुलेमा हेडवर्क निर्माण गर्न एक करोड २० लाख, भरतपुर–२० शंकरचोकदेखि भीमनगर–शारदानगर हेल्थ पोस्टसम्मको सडक कालोपत्रेका लागि २१ लाख, भरतपुर–२५ सिम्रहानी–शुक्रनगर सतह सिंचाइ कुलो योजनाका लागि १५ लाख, रसखुवानी–लेवरनगर सतह सिंचाइ योजनाका लागि १० लाख, भरतपुर–२७ एकीकृत भैँसी प्रवद्र्धन कार्यक्रमका लागि १५ लाख, भरतपुर–२० दद्रहानी गौचरण सिंचाइ कुलो निर्माणका लागि २० लाख विनियोजन भएको छ ।

भरतपुर–१८, भुवनबस्ती विद्यालय भवन निर्माणका लागि १५ लाख, भरतपुर–२६ कालिका मन्दिर कम्पाउन्ड निर्माणका लागि १० लाख, भरतपुर–१७ मनकामना मन्दिर कम्पाउन्ड निर्माणका लागि १० लाख, भरतपुर–२८ साझा नमुना दुग्धको अधुरो भवन निर्माणका लागि १० लाख, भरतपुर–२० सकम्बरी कृषि संकलन केन्द्रका लागि २० लाख, भरतपुर–९ विकासटोल र दीपज्योति मार्गका लागि २५ लाख विनियोजन भएको प्रदेश सांसद् भूर्तेलले जानकारी दिए ।

भरतपुर–२७ मा ५० प्रतिशत लागत कागती विस्तार कार्यक्रमका लागि १५ लाख, भरतपुर–२८ स्यालो ट्युवेल निर्माणका लागि पाँच लाख, भरतपुर–२८ अन्द्रौली बोरिङ निर्माणका लागि २५ लाख, भरतपुर–१६ वैकुण्ठचोक बाट भानुभक्त हुँदै काभ्रेघाटसम्मको सडक कालोपत्रेका लागि २५ लाख, भरतपुर–२७ गणेश मन्दिरचोकदेखि तीनकुले सडक कालोपत्रेका लागि २५ लाख विनियोजन भएको छ ।

यस्तै, भरतपुर–२० धर्मोदय चोकबाट सूर्यनगर जाने सडक कालोपत्रेका लागि २५ लाख, भरतपुर–१८ फुच्चे चोकबाट ख्यांला चोकसम्मको सडक कालोपत्रेका लागि २५ लाख, भरतपुर–१९ प्रजापति चोकबाट नयाँबजर जाने बाटोका लागि २५ लाख, भरतपुर–६ पुल्लर चोकबाट अमरबस्ती जाने सडक कालोपत्रेका लागि ३० लाख, भरतपुर–१६ ठूलोगढीदेखि सुन्दर चोक जाने बाटोका लागि २० लाख विनियोजन गरिएको छ । यो गत आर्थिक बर्षका मात्रै बजेट हो । त्यसअघिका आर्थिक बर्षमा पनि करोडौंका कार्यक्रम उनको क्षेत्रमा चलेका छन् ।

प्रदेश संसदबाट आउने रकमको एकमुष्ठ रुपमा उनले एक करोड ५० लाख रुपैया शिक्षामा छुट्टाएका छन् । निकुञ्ज र जनताको द्वन्द्व व्यवस्थापनको लागि भरतपुर महानगरको वडा नं. २७ र २८ मा मेस जाली निर्माण ५० लाख, वडा नं. ९ को वसन्तचोकमा ढल निर्माणको लागि ५० लाख, देवनगर खानेपानीको लागि ३ करोड, वडा नं. १६ मा कालोपत्रेका लागि २ करोड दिए ।

यसै गरी वडा नं. १७ को हरैया बेलुवा सडकको लागि एक करोड ५० लाख, वडा नं. २० को चनौली दद्रेनी सडकको पुल निर्माणको लागि डिपिआरसहित ६५ लाख, हाकिमचोकबाट पाण्डे धुम्तीको बाटोलाई प्रदेश सरकारको तर्फबाट रू १ करोड बिनियोजन गर्न प्रदेश सांसद भूर्तेल सफल भए ।

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>