देश/प्रदेश

२ पटक मेरो प्रस्तावमा ओली प्रधानमन्त्री बने तर अब बन्ने सम्भवना छैनः प्रचण्ड

Banner

काठमाडौँ, कात्तिक २३-

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अब प्रधानमन्त्री बन्न सम्भव नरहेको बताएका छन्।

आज लोकतान्त्रिक-वाम गठबन्धनले दार्चुलाको गोकुलेश्वरमा गरेको आमसभामा बोल्दै प्रचण्डले आफूले नै प्रस्ताव गरेर ओलीलाई २ पटक प्रधानमन्त्री बनाएको र अब ओली प्रधानमन्त्री बन्ने सम्भावना नरहेको बताए।

‘संविधान बनाउन सहमत हुनुस् प्रधानमन्त्री दिन्छु भनेर पहिलो पटक ओलीलाई प्रधानमन्त्री दिएको हो। वाम एकतापछि दोस्रो पटक ओलीलाई मेरै प्रस्तावमा प्रधानमन्त्री बनाएको हो। अब ओली तेस्रो पटक प्रधानमन्त्री बन्न सम्भव छैन,’ प्रचण्डले भने, ‘अब प्रधानमन्त्री बनेर देखाउनुस् ओलीजी भनेर मैले संसदमै भनेको थिएँ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>