देश/प्रदेश

जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि भूकम्पका दुई घाइतेलाई हेलिकोप्टरमा धनगढी लगियो

Banner

डोटी, कात्तिक २३-

भूकम्पमा परि घाईते भएका दुई जनालाई जिल्ला अस्पताल डोटीले धनगढी रिफर गरेको छ । जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि उनीहरुलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत धनगढी लगिएको हो ।

पूर्वीचौकी गाउँपालिका–३ की ४० बर्षीया चना बोहरा र ५० वर्षीया बिष्ना बोहरालाई रिफर गरिएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.निराजन श्रेष्ठले जानकारी दिए ।

त्यस्तै अन्य घाइतेहरुको उपचार जिल्ला अस्पतालमा भइरहेको डोटी अस्पताल विकास तथा व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर नेपालीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>