देश/प्रदेश
महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जालको सम्मेलनमा सहभागी हुन् राष्ट्रपति भण्डारी आइसल्याण्डमा
०

काठमाडौँ, कात्तिक २३
महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जालको सम्मेलनमा सहभागी हुन् राष्ट्रपति विद्यादेवी भण्डारी आइसल्याण्ड पुग्नु भएको छ । राष्ट्रपति भण्डारी कतार एयरवेजको विमानमार्फत सोमबार बेलुका आइसल्याण्डतर्फ प्रस्थान गर्नुभएको हो।
राष्ट्रपति भण्डारीले नोभेम्बर ८ देखि १० गतेसम्म गरी ६ दिने औपचारिक भ्रमणमा रहनु हुने छ । राष्ट्रपति भण्डारीलाई आइसल्याण्डको परराष्ट्र मन्त्रालयका प्रोटोकल प्रमुख राजदूत सुश्री एस्ट्रिड ब्रेककान र डेनमार्कस्थित नेपाली राजदूतावासका नियोग उपप्रमुख तीर्थराज अर्यालले स्वागत गरेका थिए ।
यसअघि दोहामा उनको ट्रान्जिटमा महामहिम नरेश विक्रम ढकाल तथा कतारस्थित नेपाली राजदूतावासका अन्य अधिकारीहरूका साथै कतारको परराष्ट्र मन्त्रालयका अधिकारीहरूले स्वागत गरेका थिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























